नेपाल बंगलादेश बैंक (NBB) को बोनस शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेका अनुसार बैंकको ४० लाख ७५ हजार १५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश पुस ७ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो।
बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुगेको छ।
साधारण सभाबाट पारित नगद लाभांश भने बैंकले पुस ८ गतेदेखि नै सम्बन्धित शेयरधनीके हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा पठाइसकेको छ।
बैंकको शेयर रजिष्ट्रार नेपाल बंगलादेश क्यापिटल लिमिटेड रहेको छ।
साधारण सभाका लागि बैंकले मंसिर २६ गतेदेखि बुकक्लोज गरेकाले मंसिर २५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन्।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया