नेपाल बैंक पनि ओटिसी मार्केटमा, यस्ता छन् अन्य १२३ कम्पनी

0
Shares

नेपाल बैंकको शेयर पनि ओटिसी मार्केटमा खरीद बिक्री गर्न पाइने भएको छ । नेप्सेले सार्वजनिक गरेको ओटिसी मार्केटमा दर्ता भएका कम्पनीहरुको सूचीमा नेपाल बैंक पनि रहेको छ ।

नेप्सले सोमबार ओटिसी मार्केटमा कारोबार गर्न सकिने १२३ कम्पनीको सूची सार्वजनिक गरेको छ ।

ओटिसी मार्केटमा सूचीकरण खारेज गरेका कम्पनीहरुको धितोपत्र, सूचीकरणका लागि आवश्यक शर्त पूरा गर्न नसकी सूचीकरण हुन नसकेका धितोपत्र, सूचीकरण प्रक्रियामा नआएका अन्य पब्लिक लिमिटेड कम्पनी तथा सरकारी संस्थाले सार्वजनिक निष्कासन गरेका कम्पनीहरुको धितोपत्र कारोबार हुने गर्छ ।

के हो ओटिसी बजार ?

शेयर बजार कारोबारमा ब्रोकरहरुको जस्तो मूल्य प्रणालीको संलग्नताबिना सिधा नेपाल स्टक एक्सचेञ्ज मार्फत कुनै कम्पनीको शेयर किनबेच गर्न अपनाइएको प्रणालीलाई ओभर द काण्टर अर्थात ओटिसी बजार भनिन्छ ।

सामान्यतया नेप्सेमा सूचीकरण हुन नसकेको, सूचीकरणबाट हटाइएका, तथा ूचीकरणका लागि आवश्यक शर्त पुरा गर्न नसकेका कम्पनीहरुको धितोपत्रहरुमा तरलता कायम गरि सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओटिसी मार्फत शेयर कारोबार गर्ने गरिन्छ ।

सर्वसाधारणमा शेयर जारी नगरेका कम्पनीहरुले यो प्रणालीमा आएर शेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटिसी मार्फत कारोबार गर्ने कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नु पर्ने बाध्यता हुँदैन ।

१२३ कम्पनीको सूची हेर्न यहाँ क्लिक गर्नुस ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।