स्वाबलम्बन लघुवित्त (SWBBL) ले आफ्ना शेयरधनीलाई १२ आर्थिक वर्षको १ करोड ३० लाख ३४ हजार ३४६ रुपैयाँ ९३ पैसा नगद लाभांश संकलन गर्न अनुरोध गरेको छ।
लघुवित्त कम्पनीहरुले आर्थिक वर्ष २०६३/६४ देखि ०७५/७६ सम्मको १२ आर्थिक वर्षको १ करोड ३० लाख ३४ हजार ३४६ रुपैयाँ ९३ पैसा लाभांश रकम लिन अनुरोध गरेको हो।
लघुवित्तले वितरण गरेको लाभांशमध्ये आव २०६३/६४ को १८ हजार ४५० रुपैयाँ, आव २०६५/६६ को ४४ हजार ४१७ रुपैयाँ, आव २०६६/६७ को १ लाख ६५ हजार २१२ रुपैयाँ, आव २०६७/६८ को ४ लाख ३२ हजार ९९८ रुपैयाँ, आव २०६८/६९ को २ लाख ५७ हजार ९६४ रुपैयाँ, आव २०६९/७० को १ लाख ५५ हजार ९०६ रुपैयाँ, आव २०७०/७१ को २ लाख ९२ हजार ३७३ रुपैयाँ, आव २०७१/७२ को १२ लाख ९ हजार ६९९ रुपैयाँ, आव २०७२/७३ को ३५ लाख ६५ हजार १७७ रुपैयाँ, आव २०७३/७४ को १३ लाख ९३ हजार ५२३ रुपैयाँ, आव २०७४/७५ को २० लाख ७२ हजार ७४९ रुपैयाँ, आव २०७५/७६ को ३४ लाख २५ हजार ८७४ रुपैयाँ गरी कूल १ करोड ३० लाख ३४ हजार ३४६ रुपैयाँ ९३ पैसा लाभांश शेयरधनीहरुले संकलन नगरेका हुन्।
नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन २०७६ को बुँदा नं १६ (२), (४) को प्रयोजनार्थ लाभांश घोषणा गरेको पाँच वर्ष पुगिसकेको रकमहरु बुझि नलिएमा प्रचलित कानून बमोजिम भइजाने समेत जनाएको छ।
साथै लघुवित्तले हालसम्म पनि शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएका शेयरधनीहरुले समेत लघुवित्तको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग लिमिटेड नक्साल वा अन्य क्यापिटलमा गई लघुवित्तको कागजी शेयर प्रमाणपत्रहरु अभौतिकीकरण गराई बैंक खाता अध्यावद्यिक गर्न अनुरोध गरेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया