शिखर इन्स्योरेन्सको लिलामीको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

शिखर इन्स्योरेन्सले साउन २१ बुधबारदेखि लिलामी खुला गरेको ८७ हजार ४१२ कित्ता शेयरको लागि आवेदन गर्ने आज अन्तिम दिन हो । 

इन्स्योरेन्सले गत असारमा निष्काशन गरेको ३० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमार्फत बिक्रीमा राखेको हो।

कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४१२ कित्ता बिक्री हुन सकेको थिएन । उक्त शेयरमा साउन २१ बुधबारदेखि २८ गतेसम्म आवेदन गर्न पाइनेछ ।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । जसमा कम्तीमा ५० कित्तादेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । अहिले दोस्रो बजारमा शिखरको शेयर प्रतिकित्ता १ हजार २४५ रुपैयाँ हाराहारी छ ।

इन्स्योरेन्सको शेयरको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल छ । लिलामी शेयरमा एनआईबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेस्टमेन्ट बैंकका विभिन्न शाखाहरु तथा ग्रीन डेभलपमेन्ट बैंक बाग्लुङमार्फत आवेदन दिन सकिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।