गुराँस लघुवित्तको नाफामा उच्च गिरावट, आम्दानी घटेर खर्च बढ्दा नाफा खुम्चियो

0
Shares

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) को खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ७६ प्रतिशतले संकुचन आएर ३५ लाख ८९ हजार रुपैयाँमा सीमित बनेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले १ करोड ४८ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानीमा १ करोड गिरावट आएको छ भने लघुवित्तको कर्मचारी खर्च १ करोड रुपैयाँले बढेको छ। यस्तै सञ्चालन खर्च तथा खराब कर्जा बढ्दा नोक्सानी व्यवस्थाका कारण लघुवित्तको नाफा प्रभावित बनेको छ।

चुक्ता पूँजी ७.६१ प्रतिशतले बढाएर ८ करोड ३४ लाख रुपैयाँ पुर्याएको लघुवित्तको नाफा घटेसँगै लघुवित्तको वार्षिक प्रतिेशयर आम्दानी १४.८७ रुपैयाँले घटेर ४ रुपैयाँ ३० पैसामा झरेको छ। लघुवित्तको जगेडा कोषमा १ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

Particulars Gurans Laghubitta Bittiya Sanstha Ltd  (Rs in ‘000)
Q4, 2076/2077 Q4,2075/2076 Difference %
Paid-up Capital 83400.00 77500.00 7.61%
Reserves & Surplus 18267.25 17721.46 3.08%
Net Profit 3589.07 14856.53 -75.84%
EPS (Rs.) 4.30 19.17 -77.57%
Net worth per share (Rs.) 123.75 122.87 0.72%
Deposits 141146.61 106215.70 32.89%
Borrowings 551923.43 518772.63 6.39%
Loans & Advances 736957.54 684768.94 7.62%
Net Interest Income 47472.13 40647.94 16.79%
Staff Expenses 38403.46 28455.26 34.96%
Provision for possible losses 3926.68 2873.78 36.64%
Operating Profit 5639.97 21591.53 -73.88%
P/E Ratio (times) 195.75 20.87 837.95%
NPL (%) 3.94% 2.70% 45.93%
Cost of Fund (%) 9.84% 11.31% -13.00%

 

असार मसान्तसम्ममा लघुवित्तले १४ करोड ११ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन र ५५ करोड १९ लाख रुपैयाँ बैंक वित्तीय संस्थाबाट सापटी लिएर ७३ करोड ६९ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट ६८ लाख २५ हजार रुपैयाँ बढेर ४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.७० ले बढेर ३.९४ प्रतिशत पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२३.७५ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १९५.७५ गुणा छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ साउन २०७७, बुधबार  १० : ३९ बजे