स्वावलम्बन लघुवित्त र हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । स्वाबलम्बन लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र हिमालयन ८०–२० ले प्रतिफल वितरण प्रयोजनार्थ कात्तिक ९ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी तथा इकाईधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड ले कात्तिक ३० गते, शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा बिहान ११ बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, हिमालयन क्यापिटल लिमिटेडको योजना व्यस्थापनमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले कर सहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई उक्त दरमा प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

प्रकाशित मिति: ८ कात्तिक २०८१, बिहीबार  ०७ : २६ बजे