एक्सेल डेभलपमेन्ट बैंकको बोनस वितरण

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १७.१० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाउन थालेको छ।

बैंकले २०७६ चैत ६ गतेसम्म आफ्नो शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुलाई बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको हो।

हालसम्म पनि कागजी शेयर धारण गर्ने शेयरधनीहरुलाई शेयर डिम्याट गरी डिम्याट खातामा नै बोनस प्राप्त गर्न बैंकले अनुरोध गरेको छ। अब शेयर अभौतिकरण गराउने शेयधनीहरुलाई भने क्रमश हितग्राही खातामा बोनस जम्मा गर्दै जाने बैंकले जनाएको छ।

बैंकको असार १४ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको थियो। सो बोनस २०७६ चैत ६ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार  २० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।