स्वाभिमान लघुवित्तको खुद नाफा २७ लाखले घट्यो

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) को खुद नाफा २७ लाख ३० हजार रुपैयाँले घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो नाफा १०.९८ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्षमा २ करोड २८ लाख ५६ हजार नाफा कमाएको लघुवित्तको खुद नाफा २ करोड २१ लाख २६ हजार रुपैयाँमा सीमित बनेको हो।

चुक्ता पूँजी ७ करोड ६७ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २८.८५ रुपैयाँ छ भने जगेडा कोषमा २ करोड ८० लाख ६६ हजार रुपैयाँ सञ्चित हुँदा प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५९ पैसा कायम भएको छ।

गत आवमा लघुवित्तले ३६ करोड ९७ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन तथा ६२ करोड ५३ लाख ८२ हजार रुपैयाँ सापटीबाट १ अर्ब ९७ लाख २० हजार रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट ७ करोड २७ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। अघिल्लो आवको तुलनामा १ करोड ९५ लाख ८ लाख रुपैयाँले बढेको हो।

लघुवित्तको खराब कर्जा अनुपात ०.९५ प्रतिशत रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.९७ गुणा छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ साउन २०७७, बिहीबार  ०९ : ०७ बजे