मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने


मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । जसका लागि कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने गरी सम्झौता गरेको छ ।

कम्पनीले सर्वसाधारणमा बिक्री गरिने १ सय रुपैयाँ अंकित दरका १ अर्ब ७६ करोड १० लाख ५ हजार कम बराबरको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको हो ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।

मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२।१४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।

प्रकाशित मिति: १२ कात्तिक २०८१, सोमबार  १२ : ३५ बजे