एसबिआई बैंकको नाफा ३३% ले घट्यो, वितरणयोग्य नाफा ९८ करोड

0
Shares

नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५३ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा ३३ प्रतिशतले थोरै हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २९ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ९८ करोड ६१ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको सञ्चितकोषमा ४ अर्ब ३७ करोड रुपैयाँ तथा रिटेन अर्निङमा एक अर्ब ४१ करोड रुपैयाँ छ । बैंकको निक्षेप १२.७९ प्रतिशतले बढेको छ भने कर्जा ६.२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा १ अर्ब १० अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यो खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा करिब ४६ करोड रुपैयाँले थोरै हो । अघिल्लो आवमा बैंकले ४ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी १७.०९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६४.६७ रुपैयाँ र मुल्य आम्दानी अनुपात २५.४५ गुणा छ ।

बैंकको खराब कर्जा अनुपात भने ०.२३ प्रतिशत रहेको छ । यसले बैंकको सम्भावित कर्जा नोक्सानी व्यवस्था रकम समेत बढेर २२ करोड २३ लाख रुपैयाँ पुगेको छ। बैंकको कष्ट अफ फण्ड ६.८५ प्रतिशत, आधार दर ९.२५ प्रतिशत र स्प्रेड दर ३.८ प्रतिशत छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।