काठमाडौँ । यस साता सेयर बजारमा उतारचढाव देखिएको छ । साताको पहिलो कारोबार दिनदेखि अन्तिम दिनसम्म आइपुग्दा नेप्से परिसूचक ३४.८८ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन दोहोरो अंकले घटेको बजार त्यसपछिका दुई कारोबार दिन सामान्य अंकको सुधार आएपनि बिहीबार पुनः दोहोरो अंकले घटेको थियो । शुक्रबार सामान्य सुधारसँगै बजार बन्द भएको छ ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा झरेको थियो । उक्त दिन ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार बजारमा सामान्य सुधार देखियो । उक्त दिन नेप्से ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेको थियो । मंगलबार कारोबार रकम भने घटेर ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँमा सीमित भएको थियो ।
बुधबार पनि बजारमा सामान्य सुधार कायम रह्यो । उक्त दिन नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको थियो । कारोबार रकम भने बढेर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँ पुगेको थियो ।
बिहीबार बजारमा पुनः दोहोरो अंकको गिरावट आएको थियो । उक्त दिन नेप्से १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा झरेको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेर ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँमा सीमित भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने नेप्सेमा सामान्य सुधार देखियो । यस दिन परिसूचक २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेर बजार बन्द भएको छ । कारोबार रकम भने घटेर ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ ।
समग्रमा यस साता नेप्से ३४.८८ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार २६९०.१५ विन्दुमा रहेको नेप्से यस साताको अन्तिम कारोबार दिन २६५५.२२ विन्दुमा झरेको हो ।
साताभर कुल २८ अर्ब ४५ करोड ८५ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ । साताभरको कारोबारलाई हेर्दा बुधबार सबैभन्दा बढी ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँको कारोबार भएको थियो भने शुक्रबार सबैभन्दा कम ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँको कारोबार भएको थियो ।
सोमबार बेनी हाइड्रोपावरको सेयर मूल्य १३.५८ प्रतिशतले बढेको थियो भने मंगलबार शिखर पावर डेभलपमेन्टको सेयर मूल्य ५.९४ प्रतिशतले बढेको थियो । बुधबार नेपाल रिइन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । बिहीबार कुमारी सबल योजनाको मूल्य २.९६ प्रतिशतले बढ्दा शुक्रबार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १४.०८ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा बुधबार स्वेत–गंगा हाइड्रोपावरले सबैभन्दा बढी कारोबार गरेको थियो । उक्त दिन कम्पनीको ८५ करोड ८४ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार घलेम्दी हाइड्रोपावर ३७ करोड ६३ लाख ७७ हजार रुपैयाँको कारोबारसहित शीर्षस्थानमा रहेको थियो भने मंगलबार ग्लोबल आइएमई बैंकको २३ करोड १४ लाख ५२ हजार रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार आँखुखोला जलविद्युत आयोजनाको १८ करोड १९ लाख २९ हजार रुपैयाँको कारोबार भएको थियो । साताको अन्तिम दिन शुक्रबार भने घोराही सिमेन्ट २१ करोड ६३ लाख ४८ हजार रुपैयाँको कारोबारसहित शीर्षस्थानमा रहेको छ ।
साताको सुरुवातमा आएको ठूलो गिरावटपछि बजारले बीचका दुई दिन सामान्य सुधार देखाए पनि समग्रमा बजारमा गिरावट आएको छ ।






