नागरिक लगानी कोषको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?


नागरिक लगानी कोषले असोज मसान्तसम्ममा कम्पनीले ३० लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेर ३९ करोड १६ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १२.६० प्रतिशतले बढेर ५१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

यस्तै, समीक्षा अवधिमा कम्पनीको खर्च ९.१९ प्रतिशतले बढेर ११ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी भने ७ पैसा घटेर १९ रुपैयाँ ८७ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ ।

प्रकाशित मिति: २८ कात्तिक २०८१, बुधबार  ०८ : ०९ बजे