शिवम् सिमेन्ट्स लिमिटेडले १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्ष कम्पनी ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा थियो। आम्दानी घटेपनि अन्य आम्दानी बढेको र खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण कम्पनीको कुल नाफा ३९.२१ प्रतिशतले घटेर १० करोड ३६ लाख रुपैयाँमा सिमित भएको छ भने अन्य आम्दानी ३९७.६४ प्रतिशतले बढेर १० करोड ५७ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा २२.८५ प्रतिशतले घटेर १८ करोड ९३ लाख रुपैयाँमा सिमित भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा रहेको छ।
चुक्ता पूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ सञ्चित छ भने सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया