सिटि होटलले घटायो नोक्सानी


सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको असोज महिनासम्ममा ५ करोड ६२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

कम्पनी गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ७ करोड ७७ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । होटलको आम्दानी संगै वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो।

असोज मसान्तसम्ममा होटलको सञ्चालन आम्दानी ४.९५ प्रतिशत घटेर ११ करोड २ लाख रुपैयाँमा सिमित भएको छ भने कुल आम्दानी १.०४ प्रतिशतले घटेर १३ करोड १३ लाख रुपैयाँमा सिमित भएको छ। त्यस्तै, होटलको वित्तीय खर्च समीक्षा अवधिमा ७.०६ प्रतिशतले घटेर ९ करोड २३ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा वित्तीय खर्च १५.२७ प्रतिशतले घटेर ७ करोड ६३ लाख रुपैयाँमा सिमित भएको छ। असोज मसान्तसम्ममा होटलको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ४९ पैसा रहेको छ।

चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको यस होटलको अन्य इक्विटी १५ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

प्रकाशित मिति: २९ कात्तिक २०८१, बिहीबार  ०९ : ०७ बजे