प्रि ओपनिङ्ग कारोबार: तीन कम्पनीको शेयरमूल्य ४% धेरै बढ्यो

0
Shares

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा सोमबार कारोबारमा आएका ५ कम्पनीमध्ये ३ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरै बढेको छ भने १ कम्पनीको शेयरमूल्य ३.४६ प्रतिशतले घटेको छ।

कारोबारमा आएका रि इन्स्योरेन्स कम्पनीको शेयरमूल्य घटेको हो भने हिमाल दोलखा हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको हो। अपि पावरको शेयरमूल्य भने स्थिर रह्यो।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ५ कम्पनीका २७० कित्ता शेयर ५० हजार १३० रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से ०.३३ अंकले बढेर १३९१.८० बिन्दुमा बन्द भएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ भदौ २०७७, सोमबार  १० : ५६ बजे