जन उत्थान सामुदायिक लघुवित्तले मर्जर समिति गठन गरेको छ।
कम्पनीले अन्य लघुवित्तसंग मर्जर तथा प्राप्तिमा जानको लागि संस्था पहिचान गर्ने र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि समिति गठन गरेको हो ।
मर्जर समितिको संयोजकमा संचालक रेवन्तबहादुर विश्वकर्मा छन् भने सदस्यमा संचालकद्वय मानबहादुर विश्वकर्म र नरेन्द्र कँडेल रहेका छन्।
संस्थाको गत चैतमा सम्पन्न नवौँ वार्षिक साधारण सभाले एक वा एकभन्दा बढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको थियो।
लघुवित्तले उक्त साधारण सभाबाट चुक्ता पूँजी ६ करोड ३३ लाखको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १।३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।
बोनसपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ९२ लाख पुगेको छ ।
लघुत्तिले बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत साधारण सभाबाट पारित गरेको थियो । तर राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लघुवित्तीय संस्थालाई हकप्रद निष्कासनमा रोक लगाएपछि मर्जरलाई जोड दिएको हो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया