आइएमई जनरल इन्स्योरेन्सको ६ लाख १२ हजार कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार आइएमई जनरल इन्स्योरेन्स (IGI) को ६ लाख १२ हजार ३६० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीले ०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त शेयर नै अहिले नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको २०७६ फागनु २४ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँको ६ प्रतिशत बोनस अनुमोदन भएको थियो। उक्त बोनस शेयर फागुन ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र पाउनेछन्।

नेप्सेमा सूचीकृत भएसँगै अब साधारण सभाका लागि बुकक्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले डिम्याट खातामा शेयर प्राप्त भएसँगै दोस्रो बजारमा खरीद बिक्री गर्न स्क्नेछन्।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।