शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार एक अर्ब माथि

0
Shares

पछिल्लो दुई दिन लगातार दोहोरो अंकले घटेको शेयर बजारमा सोमबार भने दोहोरो अंकको सुधार आएको छ। बिहीबार १६ र आइतबार १७ अंकले घटेको बजारमा सोमबार १०.७५ अंकको सुधार आएको हो।

शेयर बजारमा सुधार आएसँगै १८ खर्ब ५० अर्ब ९८ करोड ९२ अर्बमा पुगेको छ। यस्तै फ्लोट पूँजीकरण ६ खर्ब अर्ब ५८ करोड २४ करोड ६९ लाख रहेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ०.७७ प्रतिशतले १ हजार ४०२ दशमलव २१ बिन्दमा पुगेर बन्द भएको छ । यस्तै ठूला कम्पनीको शेयर मापक सूचक सेन्सेटिभ इन्डेक्स १.१४ अंकले बढेर २९० मा पुगेको छ ।

आज कूल १८४ वटा कम्पनीको ३५ लाख ९१ हजार ४८ कित्ता शेयर १६ हजार ७२४ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५९७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेले जनाए अनुसार जलविद्युत कम्पनीको उप समूह बाहेक सबै १५ उपसमूहको इन्डेक्स सकारात्मक बनेको छ। आज निर्जीबन बीमाको सूचक सबैभन्दा धेरै २.४६ प्रतिशतले बढेको छ भने अन्य र लाइफ इन्स्योरेन्सको सूचक पनि १.२६ प्रतिशतले बढेको छ। अन्य सामान्य बढेका छन्।

Symbol Turnover Closing Price
As of 2020-08-17 15:00:00
NBL 78,042,642.00 283.00
NRIC 65,830,289.00 588.00
NIL 57,685,338.00 656.00
NLIC 45,418,171.00 1,350.00
GBIME 39,253,718.00 253.00
NMB 37,800,581.00 411.00
KBL 35,886,907.00 186.00
PIC 34,943,921.00 668.00
SHL 31,896,523.00 158.00
PRIN 30,177,670.00 519.00

आज नेपाल बैंकको सबैभन्दा धेरै २ लाख ७३ हजार ५७२ कित्ता शेयर ७ करोड ८० लाख ४२ हजार रुपैयाँमा खरीद बिक्री भएका छन्। बैंकको प्रतिकित्ता २८३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ।

यसैगरी नेपाल रि-इन्स्योरेन्सको ६ करोड ५८ लाख, नेको इन्स्योरेन्स ५ करोड ७६ लाख, नेपाल लाईफ ४ करोड ५४ लाख, र ग्लोब आइएमई बैंकको ३ करोड ९३ लाखको शेयर कारोबार भयो। एनएमबि बैंक, कुमारी बैंक, प्रिमियर इन्स्योरेन्स, सोल्टी होटल, र प्रभु इन्स्योरेन्स पनि ठूलो कारोबार हुने दश कम्पनीमा समेटिएका छन्।

आजको कारोबारमा साधना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.८९ प्रतिशत (६९ रुपैयाँ) ले बढेर ७६७ रुपैयाँ पुगेको छ। घलेम्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशत धेरैले बढेको छ।

Symbol LTP Point Change % Change
As of 2020-08-17 15:00:00
SDLBSL 767.00 69 9.89
GHL 60.00 4 7.14
JOSHI 63.00 4 6.78
SMB 888.00 55 6.60
PIC 668.00 37 5.86
NIL 656.00 26 4.13
AKJCL 52.00 2 4.00
HGI 428.00 15 3.63
LBL 234.00 8 3.54
ILBS 734.00 24 3.38

 

उता छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.४० प्रतिशतले घट्दा दिब्यश्वरी र युनियन हाइड्रोपावरको शेयर मूल्य पनि ३ प्रतिशत धेरैले घटेको छ। निर्धन उत्थान, ङादी पावर, आइसीएफसी फाइनान्स, मिथिला लघुवित्त, कर्णाली विकास बैंक, नेशनल हाइड्रोपावर र नेपाल फाइनान्सको शेयरमूल्य पनि घटेको छ।

Symbol LTP Point Change % Change
As of 2020-08-17 15:00:00
CHL 87.00 -4.00 -4.40
DHPL 53.00 -2.00 -3.64
UNHPL 53.00 -2.00 -3.64
NUBL 934.00 -26.00 -2.71
NGPL 115.00 -3.00 -2.54
ICFC 172.00 -4.00 -2.27
MLBBL 726.00 -14.00 -1.89
KRBL 105.00 -2.00 -1.87
NHPC 53.00 -1.00 -1.85
NFS 160.00 -3.00 -1.84

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ भदौ २०७७, सोमबार  १६ : २७ बजे