आँधिखोला लघुवित्तको अधिकांश वित्तीय सूचकमा सुधार

0
Shares

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड (AKBSL) को गत आर्थिक वर्ष २०७६।७७ मा अधिकांश वित्तीय सूचकमा सुधार भएको छ।

खराब कर्जा अनुपात बाहेक लघुवित्तको अधिकांश सूचकमा आशातित सुधार देखिएको हो। १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको खुद नाफा ३२.३८ प्रतिशतले बढेर २ करोड १० लाख २५ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो आवमा १ करोड ५८ लाख ८२ हजार नाफा कमाएको लघुवित्तले ५१ लाख ४३ हजार रुपैयाँले नाफा बढाएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५४.४० प्रतिशतले बढेर ६ करोड ३० लाख ३४ हजार रुपैयाँ पुग्दा सञ्चालन नाफा पनि ५५.३४ प्रतिशतले सुधार भई ३ करोड ३३ लाख ७४ हजार रुपैयाँ पुगेको हो।

लघुवित्तको जगेडा कोषको आकार झण्डै दोब्बर पुग्दा ४ करोड ८ लाख सञ्चित भएको छ भने वार्षिक प्रतिशेयर आम्दानी ५.१५ रुपैयाँले बढेर २१.०३ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १४०.८१ रुपैयाँ कायम भएको छ।

गत असार मसान्तसम्ममा लघुवित्तले २८ करोड ५५ लाख निक्षेप र ३७ करोड ८० लाख रुपैयाँ सापटीबाट ७४ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ५ करोड ८० लाख, कर्जामा ६ करोड ३८ लाख वृद्धि हो भने सापटीमा ३ करोड ७५ लाख कम हो।

Particulars  Adhikhola Laghubitta Bittiya Sanstha (Rs  in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital 100,000.00 100,000.00 0.00%
Reserve & Surplus 40,808.00 20,693.00 97.21%
Net Profit 21,025.00 15,882.00 32.38%
EPS (In Rs.) 21.03 15.88 32.43%
Net Worth per Share (In Rs.) 140.81 120.69 16.67%
Deposits 285,525.00 227,521.00 25.49%
Borrowings 378,011.00 415,580.00 -9.04%
Loans & Advances 740,687.00 676,864.00 9.43%
Net Interest Income 63,034.00 40,824.00 54.40%
Provision for possible losses 5,686.00 8,069.00 -29.53%
Operating Profit 33,374.00 21,485.00 55.34%
NPL (%) 4.29 1.23 248.78%
PE Ratio (times) 22.11 _ _

 

गत असारमा आईपीओ निष्काशन गरेको गत आर्थिक वर्षको असार मसान्तसम्ममा खराब कर्जा अनुपात १.२३ प्रतिशतबाट बढेर ४.२९ प्रतिशत पुगेको छ। यद्यपि लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा भने २३ लाख ८३ हजार रुपैयाँ कम ५६ लाख ८६ हजार रुपैयाँ छुट्टाएको छ।

लघुवित्तको मूल्य आम्दानी अनुपात २२.११ गुणा र कोषको लागत ८.५७ प्रतिशत रहेको छ।

स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्तले गत पुस २ गते बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरेको थियो। एकीकृत संस्थाको नाम धौलागिरी आँधिखोला लघुवित्त रहने छ भने चुक्ता पुँजी १७ करोड रुपैयाँ पुग्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ भदौ २०७७, मंगलबार  ०८ : ५७ बजे