स्वरोजगार लघुवित्तले कमायो पौने ८ करोड खुद नाफा

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) को गत आर्थिक वर्ष २०७६।७७ मा ७ करोड ७६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ, लघुवित्तले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा ३४ लाख ६७ हजार रुपैयाँ अर्थात ४.६७ प्रतिशतले धेरै हो।

खराब कर्जा अनुपातमा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी व्यवस्था बढ्दा अघिल्लो आवको तुलनामा ८ करोड २२ लाख रुपैयाँले बढ्दा लघुवित्तको सञ्चालन नाफा ४९ प्रतिशतले घटेर ५ करोड ७ लाख ८ हजार रुपैयाँमा झरेको छ। यद्यपि कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ पुरानो कर्जा असुली गर्दा नोक्सानी व्यवस्थाबाट फिर्ता भएकाले लघुवित्तको नाफामा सुधार आएको हो।

अघिल्लो आवको नाफाबाट २६.७५ प्रतिशत बोनस वितरण गरे पनि पूँजीकरण नगरेकाले लघुवित्तको प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ। ३४ करोड १६ लाख १२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १.०२ रुपैयाँ बढेर २२.७४ रुपैयाँ पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.८० प्रतिशतले बढेर २५ करोड ४२ लाख २६ हजार रुपैयाँ पुगेको छ। लघुवित्तको जगेडा कोषको आकार ७.९७ प्रतिशत वृद्धि भई १२ करोड १९ लाख सञ्चित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३५.७१ रुपैयाँ कायम भएको छ।

Particulars  Swarojgar Laghubitta Bittiya Sanstha (Rs  in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital 341,612.00 341,612.00 0.00%
Reserve & Surplus 121,988.00 112,982.00 7.97%
Net Profit 77,689.00 74,222.00 4.67%
EPS (In Rs.) 22.74 21.72 4.70%
Net Worth per Share (In Rs.) 135.71 133.07 1.98%
Deposits 1,738,796.00 1,255,408.00 38.50%
Borrowings 1,407,206.00 1,427,960.00 -1.45%
Loans & Advances 3,289,149.00 2,970,469.00 10.73%
Net Interest Income 254,226.00 203,703.00 24.80%
Provision for possible losses 107,188.00 24,935.00 329.87%
Write back of  Provision for possible losses 66,245.00 6,193.00 969.68%
Operating Profit 50,708.00 99,372.00 -48.97%
NPL (%) 1.83 0.88 107.95%
PE Ratio (times) 40.59 20.30 99.95%

 

गत असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब ७३ करोड ८७ लाख निक्षेप र १ अर्ब ४० करोड ७२ लाख रुपैयाँ सापटीबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ३८.५० प्रतिशत, कर्जामा १०.७३ प्रतिशत वृद्धि हो भने सापटीमा १.४५ प्रतिशत कम हो।

लघुवित्तको खराब कर्जा अनुपात ०.९५ प्रतिशत बढेर १.८३ प्रतिशत पुगेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.५९ गुणा र कोषको लागत १०.३४ प्रतिशत छ।

लघुवित्तले ३ करोड ४७ लाख ५० हजार रुपैयाँ पूँजी भएको जनकपुर लघुवित्तलाई १०० बराबर ७० शेयर स्वाप अनुपातमा गाम्भे प्रस्ताव साउन १० गते सम्पन्न विशेष साधारण सभाबाट अनुमोदन गराएको छ। एकीकृत कारोबार पश्चात कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने लघुवित्तको तयारी छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ भदौ २०७७, मंगलबार  ०९ : ४७ बजे