प्रि ओपनिङ्ग कारोबार: पाँच कम्पनीको शेयरमूल्य ४% धेरै बढ्यो, तीनको घट्यो

0
Shares

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा बुधबार कारोबारमा आएका ११ कम्पनीमध्ये ५ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरै बढेको छ भने २ कम्पनीको सामान्य बढेको छ। उता ३ कम्पनीको शेयरमूल्य भने सामान्य घटेको छ।

कारोबारमा आएका साधना लघुवित्त, अजोड इन्स्योरेन्स, कालिका लघुवित्त, समृद्धि फाइनान्स र नागरिक लगानी कोषको शेयरमूल्य ४ प्रतिशत धेरै बढेको हो। प्राइम कमर्सियल बैंक र रिडी हाइड्रोपावरको सामान्य बढेको छ।

उता एनएमबि बैंक, इभरेष्ट इन्स्योरेन्स र एनआईसी एशिया बैंकको शेयरमूल्य सामान्य घटेको छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ११ कम्पनीका ४ हजार ५९६ कित्ता शेयर २६ लाख ७४ हजार ९५८ रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से १.५४ अंकले बढेर १४०९.४४ बिन्दुमा बन्द भएको छ।

प्रकाशित मिति: ३ भदौ २०७७, बुधबार  ११ : ०१ बजे