कोरोना भाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोड २३ लाख पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी अहिलेसम्म दुई करोड २३ लाख २५ हजार जना सङ्क्रमित भएका छन्। कुल सङ्क्रमितमध्ये ७ लाख ८४ हजार ७४८ जनाको मृत्यु भइसकेको विश्वविद्यालयले जनाएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म ५६ लाख ५६ हजार २०४ जना संक्रमित भएका छन् भने १ लाख ७५ हजार ८७ जनाको मृत्यु भएको छ । अमेरिकापछि दोस्रो धेरै प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३४ लाख ११ हजार ८७२ जना सङ्क्रमित भएका छन् । तीमध्ये १ लाख १० हजार १९ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत मार्च ११ देखि विश्वभरी कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । विश्वभरी दैनिक सङ्क्रमितको संख्या बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि वृद्धि हुँदै गएको छ ।
दक्षिण एसियामा भारतमा सबैभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । पछिल्लो विवरण अनुसार भारतमा करिब २७ लाख ६९ हजार संक्रमित भएका र तीमध्ये ५३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया