नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बिहीबार समान्य करेक्सन भएको छ । नेप्से परिसूचकमा गिरावट गएसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ९ अर्ब १८ करोड रुपौयँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार साढे ८ अर्बमा झरेको हो ।
नेप्सेमा सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार सूचक करिब १७ अंक सम्मले बढेको भएपनि कारोबार बन्द हुदाँ घटेर बन्द भएको हो । यो साताको पहिलो दिन आइतबार समान्य घटेको नेप्से सोमबार, मङ्गलबार र बुधबार निरन्तरता बढेको थियो । यो बिचमा नेपाल धितोपत्र बोर्डले करिब ११ महिना पछि नेतृत्व पाएको छ । बोर्डले नेतृत्व पाएसँगै सेयर बजार सूचक निरन्तर सुधारको बाटोमा भएपनि बिहीबार समान्य करेक्सन आएको हो ।
बुधबार ३८ .८१ अंकले बढेको बजार बिहीबार ८ दशमलव ३० अंकले घटेर २ हजार ७४८.०५ विन्दुमा झरेको छ । बिहीबार नेप्सेमा ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ६३ हजार कित्ता सयर खरिद बिक्री भएको छ । बिहीबार कारोबार भएका कम्पनीहरूमध्येमा ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९५ वटाको घटेको छ ।
बिहीबार विशाल बजार कम्पनी, विन फाइनान्स र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी एक्सल डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको नेप्सेले जनाएको छ । बैंकको ३१ करोड ८ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया