समता लघुवित्तको लाभांश प्रस्ताव भएको छ। लघुवित्त सञ्चालक समितिको भदौ ५ गते शुक्रबारको बैठकले गत आर्थक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत बोनस शेयर र ६. ३२ प्रतिशत नगद गरी कूल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव विश्वराज श्रेष्ठले जानकारी दिए।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।
समता लघुवित्त गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने पहिलो कम्पनी समेत बनेको छ। यसअघि केही म्युचुअल फण्डका इकाईको प्रतिफल घोषणा भएको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया