निरन्रत घटेको सेयर बजारमा ४५ अंकको सुधार, ५ अर्बको कारोबार


नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक बुधबार करिब ४६ अंकले बढेको छ । राजनीति वृत्तमा देखिएको उचारचढाव स्थिर हुने संकेतले नेप्से परिसुच बढेको हो ।

पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेप्से परिसूचकमा बुधबार ४५ .८८ अङ्कले बढेर २७१५.७१ को विन्दुमा पुगेको छ। यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो ।

परिसूचक बढेपनि कारोबार रकम भने पाँच अर्बमा खुम्चिएको छ । आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता सेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा ५ अर्ब पाँच करोड ६ लाख ५४ हजार चार सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने ०.३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी ३.४३ प्रतिशतले बढेको छ । विकास बैंक १.६३, वित्त १.८३, होटल तथा पर्यटन १.०५, जलविद्युत् १.९६ र लगानी समूह ०.७९ प्रतिशतले बढेको छ ।

जीवन बिमा समूह एक दशमलव शून्य सात, उत्पादन तथा प्रशोधन ०.६०, लघुवित्त ०. ४२, निर्जीवन बिमा १.०३, व्यापार १.५६ र अन्य समूह ०.५७ प्रतिशतले बढेको हो ।

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत रहेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको ३६ करोड १५ लाख दुई हजार चार सय ४३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ

प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार  १६ : १३ बजे