एनएलजी इन्स्योरेन्सको शेयर बोलकबोलको शिलबन्दी बोलपत्र आज खोलिँदै

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) को शेयर बिक्रीका लागि साउन २२ देखि २९ गतेसम्म आह्वान गरिएको शिलबन्दी बोलकबोलको बोलपत्र आज ११ बजे खोलिने भएको छ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले कोभिड १९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै आवेदकलाई सहभागि गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले फेसबुक लाइभ मार्फत बोलपत्र खोलिने जनाएको छ ।

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार ८१ हजार २२४ दशमलव ७५ कित्ता संस्थापक र ७९ हजार ८५३ दशमलव २५ कित्ता साधारणतर्फका शेयर बोलकबोलमार्फत बिक्री गर्नका लागि सार्वजनिक आह्वान गरिएको थियो।

कम्पनीले यसअघि २०७६ फागुन २२ देखि २०७७ असार २५ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत बराबरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० हकप्रद बिक्री खुला गरेको थियो। सो हकप्रदमा ३६ लाख ८१ हजार ३५९ दशमलव ५० कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो।

इन्स्योरेन्सको शेयर भदौ ८ गते सोमबार प्रतिकित्ता ७२० रुपैयाँमा कारोबार भएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।