आरम्भ चौतारी लघुवित्तका सेयरधनीहरुको हात खाली


आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति: २७ मंसिर २०८१, बिहिबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।