सिभिल लघुवित्तले हकप्रद भर्ने म्याद १५ दिन थप्यो

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले हकप्रद भर्ने म्याद १५ दिन थप गरेको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले भदौ ४ देखि दुई साता लामो निशेषाज्ञा जारी गरेपछि शेयरधनीका लागि हकप्रदमा आवेदन गर्ने समयावधि बढाएको हो।

लघुवित्तले बिहीबार सूचना जारी गर्दै भदौ २९ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने जनाएको हो । यसअघि शेयर भर्ने म्याद भाद्र १४ गते आइतबारसम्म तोकिएको थियो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटलका अनुसार लघुवित्तको हकप्रदमा असार १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद निष्काशनका लागि असार १५ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरेको थियो।

लघुवित्तले १ बराबर १ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्काशन गरेको हो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २२ करोड ८२ लाख २८० रुपैयाँ पुग्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ भदौ २०७७, बिहीबार  १० : ४६ बजे