सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा


सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको १५१ औँ बैठकले चुक्ता पूँजीको ३.६५ प्रतिशत र कर प्रयोजनको लागि ०.१९ प्रतिशत नगद लाभांश गरी कूल ३.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।

 

प्रकाशित मिति: ३ पुस २०८१, बुधबार  १२ : ०६ बजे