आरएमडीसी र ग्रामीण विकास लघुवित्तको शेयर लिलामीमा

0
Shares

निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्तको संस्थापक सूमहको शेयर भदौ ११ गतेदेखि लिलामीमा बिक्रीमा ल्याएको छ।

कोषले आरएमडिसीको २ हजार ६३२ कित्ता र ग्रामीण विकास लघुवित्तको ३ हजार १९४ कित्ता शेयर लिलामीमा खुला गरेको हो ।

इच्छुक आवेदकले लिलामी मार्फत सकार्न चाहेको कित्ता र मूल्य अंकित गरी असोज १४ गतेसम्म निक्षेप तथा कर्जा सुरक्षण कोष गहनापोखरीमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।

आवेदन गर्दा आरएमडिसीको शेयरका लागि न्यूनतम प्रतिकित्ता ३९८.७५ र ग्रामीण विकास लघुवित्तको १०९.७० रुपैयाँ अंकित गरी पेश गर्नुपर्ने जनाइएको छ। सोभन्दा बढीमा भने प्रतिस्पर्धात्मक रुपमा खरीदको लागि आवेदन दिन सक्ने कोषले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहिबार  १४ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।