यी चार कम्पनीका सेयरधनीको हात खाली हुने


नेप्सेमा सूचीकृत थप ४ कम्पनीहरुले लाभांश वितरण नगर्ने भएका छन्।

कर्पोरेट डेभलपमेन्ट बैंक, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था , इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएका हुन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक, गणपति लघुवित्त र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको पुस ३ गते बसेको र पुस ४ गते बसेको विजय लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।

बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । यी कम्पनीहरुले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन्।

प्रकाशित मिति: ४ पुस २०८१, बिहिबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।