सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साधारण सभा आह्वान


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

बैंकले पुस २९ गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान साढे १० बजे २० औँ वार्षिक साधारण सभा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.६५१६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१९२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १७ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: ८ पुस २०८१, सोमबार  ०९ : २९ बजे