सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य समायोजन


काठमाडौँ । सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ४८८ रुपैयाँ १८ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन कम्पनीको शेयर प्रतिकित्ता ५३७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार  ०८ : २५ बजे