काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न अनुमती दिएको छ ।
बोर्डले कम्पनीलाई १०० बराबर २५ कित्ता अनुपात अर्थात् २५ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको हो । कम्पनीले कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी साढे २ अर्ब पुर्याउनुपर्ने नियामकीय प्रावधानअनुरुप कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासनबाट करिब ५० करोड रुपैयाँ पूँजी जुटाउनेछ । कम्पनीको बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ ।
प्रतिक्रिया