समाज लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर बाँडफाँड आज सोमबार दिउँसो मध्यान्ह २ बजे शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा हुँदैछ।
लघुवित्तको शेयरमा आवेदनमा दिएर योग्य भएका कूल ५ लाख ४७ लाख ३७० जनामध्ये ८ हजार ७० जनाले मात्रै गोलाप्रथाबाट १० कित्ता आईपीओ हात पार्नेछन्। यो संख्या आईपीओमा आवेदन गरेर सदर भएको संख्याको १.४७ प्रतिशत मात्र हो। ९८.५३ प्रतिशत अर्थात अधिकांश लगानीकर्ताले लघुवित्तको आईपीऋो पाउनेछैनन्।
लघुवित्तले भदौ ४ देखि ८ गतेसम्म कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणमा ८० हजार ७०० कित्ता शेयर जारी गरेको थियो। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड गर्दा हरेक आवेदकलाई कम्तिमा १० कित्ताका दरले बाँडफाँड गर्नुपर्छ।
यसअनुसार ८ हजार ७० जनाले मात्रै शेयर पाउने अवस्था देखिएको हो। योग्य आवेदकमध्ये ५ लाख ३९ हजार ३०० जनाको हात खाली हुनेछ।
यसअघि शनिबार शेयर बाँडफाँडको तयारी गरिएपनि रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयरको नतिजाबाट केन्द्रीय निक्षेप प्रणालीको मेरो शेयर सफ्टवेयरमा पर्ने चाप व्यवस्थापन गर्न लघुवित्तको शेयर बाँडफाँड सोमबारलाई सारिएका हो ।
मंगलबार इन्द्रजात्राको अवसरमा उपत्यका विदा भएकाले दोस्रो बजार पनि बन्द हुन्छ । त्यसै कारण शेयर राफसाफमा समस्या नआओस् भन्नका लागि ५ लाखभन्दा बढी आवेदन परेको समाज लघुवित्तको शेयर सोमबार बाँडफाँड गर्ने भएको हो ।
लघुवित्तको शेयरलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्ग प्राप्त गर्ने शेयर जारी गर्ने संस्थाले वित्तीय दायित्वहरूको सेवा समयमै र्पुयाउने सम्बन्धमा पूर्वनिर्धारितको उच्च जोखिमको रूपमा लिइन्छ ।र पनि बन्द हुन्छ । त्यसै कारण शेयर राफसाफमा समस्या नआओस् भन्नका लागि ५ लाखभन्दा बढी आवेदन परेको समाज लघुवित्तको शेयर सोमबार बाँडफाँड गर्ने भएको हो ।
लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यको दरले ८६ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । जसमा सामुहिक लगानी कोषका लागि ४ हजार ३०० कित्ता र लघुवित्तका कर्मचारीलाई १ हजार कित्ता शेयर छुट्याएर बाँकी ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया