नेपाल इन्भेष्टमेन्ट बैंकमा विलिन हुँदै सिटी एक्सप्रेस फाइनान्स, स्वाप रेशियो फाइनल

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई एक सय कित्ता बराबर ३० कित्ता शेयर दिएर खरीद गर्ने अन्तिम सम्झौता गरेको छ ।

बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपात अर्थात सिटीको १०० कित्ता शेयर बराबर नेपाल इन्भेष्टमेन्टको बैंकको ३० कित्ता शेयर स्वाप प्रदान गर्नेगरी सम्झौता गरेको जनाएको छ ।

बैंकले गत पुसमा फाइनान्सलाई खरीद गर्ने सहमती गरेको थियो । त्यसयता फाइनान्सको शेयर कारोबार रोक्का छ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्व २४ करोड ८९ लाख रुपैयाँ छ। फाइनान्सलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पूँजी १२ करोड रुपैयाँ थपिनेछ । फाइनान्सको चुक्ता पूँजी ४० करोड रहेको छ । फाइनान्सको बाँकी २८ करोड रुपैयाँ बैंकको जगेडा कोषमा थपिनेछ। जुन रकम बैंकले बोनस वितरण गर्न पाउँछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।