अनलाईन कारोबारका लागि टिएमएस खाता खोल्न सक्नुभएन ? यसरी खोल्नुहोस् सजिलै खाता

0
Shares

पछिल्ला एक साता यता ब्रोकर कम्पनीहरुको टिएमएसबाट अनलाईन मार्फत नयाँ ट्रेडिङ्ग खाता खोल्नका लागि धेरै लगानीकर्ताहरुले खाता खोल्नका लागि रजिष्ट्रेशन गर्न समस्या भोगिरहेका छन् ।

कोरोना संक्रमण र सरकारले जारी गरेको निषेधाज्ञाका कारण आम लगानीकर्ताहरु ब्रोकरमा पुगेर कारोबार खाता खोल्न सक्ने अवस्था अहिले छैन ।

नेप्सेले टिएमएसबाटै आवेदन दिन सकिने व्यवस्था गरेपनि हाल त्यो सेवा अवरुद्ध हुँदा लगानीकर्ताले सास्ति भोगिरहेका छन् ।

लगानीकर्ताहरुले भोगेको यसै समस्याको समाधानका लागि नोटबजार डटकमले सो समस्या हल गरी अनलाईनबाटै खाता खोल्ने उपाय भिडियो मार्फत पस्केको हो । यसका लागि पूरा भिडीयो हेर्नुहोला…