काठमाडौँ । एनआईसी एशिया र नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएका हुन् ।
पुस २९ गते बसेको बैंकहरुको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । दुवै बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
प्रतिक्रिया