नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक ५२.२६ अङ्कले बढेर ६६६५.४५ को विन्दुमा कायम भएको हो ।
बुधबार ३ सय २२ कम्पनीको एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता सेयर ९० हजार छ सय ९६ पटक खरिदबिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार तीन सय ४९ को कारोबार भएको छ । बुधबार नेप्सेमा कारोबार भएका सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै अन्य समूह ४.२४ र लगानी समूह ३.८२ प्रतिशतले बढेको छ । बैंकिङ १.३२, विकास बैंक २.७४, वित्त ०.८९, होटल तथा पर्यटन २.७१ र जलविद्युत् समूह २.७१ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा समूह १.८९, उत्पादन तथा प्रशोधन ०.०८, लघुवित्त १.०७, म्युचुअल फण्ड ०.४९, निर्जीवन बिमा एक र व्यापार समूह २.४५ प्रतिशतले बढेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेशेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ६१ करोड ३६ लाख ४८ हजार दुई सय २० रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ५ लाख ५६ हजार ९ सय २ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया