सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँ घट्यो

0
Shares

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँमा तथा तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार निर्धारण गरिएको छ । जुन अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रूपैयाँ कम हो।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।