आज सोमबार पनि सेयर बजार नखुल्ने


काठमाडौँ । आज सोमबार पनि सेयर बजार नखुल्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्य कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रा।लि।मा आइतबार बिहानदेखि प्राविधिक समस्या आएकोले कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।

आइतबारदेखि नै समस्या आएको र समाधानका लागि पहल भइरहेको भएतापनि हालसम्म समाधान नभएकाे र यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले आजको नियमित कारोबार स्थगन गरिएको नेप्सेद्वार जारी सूचनामा उल्लेख छ ।

‘आजको कारोबारलाई स्थगन गरिदिन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत निवेदन दिएको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार आजको कारोबार स्थगित गरिएको छ’ जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।