जलविद्युत कम्पनीको सस्तो शेयरमा झुम्मिए लगानीकर्ता

0
Shares

यो साताको दोस्रो दिन सोमबारको शेयर कारोबारमा सस्तो मूल्य भएका जलविद्युत कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

शेयर लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो बदल्ने क्रममा जलविद्युतका सस्ता मूल्य भएका कम्पनीहरुको शेयर उठाउन थालेपछि जलविद्युत कम्पनीहरको मूल्य बढेको हो । 

त्यस्तै भर्खरै आइपीओ बिक्री गरेर तथा मर्जर तथा एक्विजिशन पश्चात कारोबार खुलेका कम्पनीहरु पनि लगानीकर्ताको रोजाईमा परेका छन् ।

यसदिन कारोबारमा आएका झण्डै एक दर्ज कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । जसमध्ये सबैभन्दा धेरै जलविद्युत कम्पनी रहेका छन् ।

यसदिन अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । एनआरएन लघुवित्त पनि दश प्रतिशतकै हाराहारीमा बढेको छ ।

रिलायन्स लाइफ, युनियन हाइड्रो, रिडी हाइड्रो, आँखुखोला हाइड्रोपावर तथा छ्यांदी हाइड्रो लगायतको शेयरमूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ । शेयर मूल्य धेरै बढ्ने दश कम्पनीको सूचीमा रहेका चार जलविद्युत कम्पनीको शेयरमूल्य अझैपनि एक सय रुपैयाँ भन्दा तल नै छ।

सोमबारको बजारमा नेप्से सूचक ३.२६ अंकले बढेर १५४०.५१ अंकमा पुगेको छ । यसदिन १९० कम्पनीको ३ अर्ब १३ करोड बढीको शेयर किनबेच भयो । यसदिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढीले घटेको छ । यो कम्पनीको साधारण शेयर पनि ५ प्रतिशत बढीले घटेको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2020-09-14 15:00:00
AHPC 143.00 10
NLBSL 1,069.00 9.97942
RLI 497.00 9.95575
UNHPL 78.00 9.85915
AKJCL 69.00 9.52381
RHPC 115.00 9.52381
CHL 115.00 9.52381
BARUN 117.00 9.34579
SPDL 154.00 9.21986
DHPL 60.00 9.09091
GHL 73.00 8.95522

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।