ढल्केबर । धनुषाको मिथिला नगरपालिकामा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगहरुको विद्युत् आपूर्ति बन्द गरिएको छ । जिल्ला अनुगमन समितिको निर्देशनमा पालिकाकाभित्र सञ्चालित नौ वटा क्रसर उद्योगको लाइन काटिएको हो । अब कानुनी प्रक्रिया पूरा नगर्ने कुनै पनि क्रसर उद्योग सञ्चालन गर्न नपाउने भएका छन्।
मिथिला नगरपालिकास्थित औरही खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन, निकासी र दोहन भइरहेको गुनासो बढ्दै गएपछि सरोकारवालाहरुको टोलीले स्थलगत अनुगमन गर्दै अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगमा जडान गरिएको विद्युत् आपूर्ति बन्द गरेको छ ।
सरकारको नियम उल्लङ्घन गरेको र वातावरणीय मापदण्ड पूरा नगरेको पाइएको हुँदा यस्ता उद्योगहरूमाथि थप कारबाही अघि बढाइने जनाइएको छ ।










प्रतिक्रिया