एकैदिन ५ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट


काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेको हो ।

सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५१० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १९७.८२ अमेरिकी डलर र चाँदी ६२.०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।