पशुपतिनाथमा साधुसन्त र भक्तजन (फोटो फिचर)


काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बुधबार बिहान पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा, साधुसन्तको र भक्तजनको चहलपहल बढेको हो ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्ने गरेको छ ।

महाशिवरात्रिका अवसरमा बुधबार सजाइएको पशुपतिनाथ मन्दिर परिसर र पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/ रासस
पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/ रासस
महाशिवरात्रिका अवसरमा बुधबार सजाइएको पशुपतिनाथ मन्दिर परिसर र पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/ रासस

प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार  ०८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।