ज्योति विकास बैंकद्वारा कोभिड सम्बन्धि अनुसन्धानको लागि तिलगंगा अस्पताललाई सहयोग

0
Shares

ज्योति विकास बैंक (JBBL) ले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्ध सम्बन्धि अनुसन्धानको लागि सहयोग गरेको छ​। तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको “Detection of SARS-CoV-2 infection on Conjunctiva swab among COVID-19 cases in Nepal” को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत २ लाख बराबरको आर्थिक सहयोग गरेको छ।  

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट  र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानको अनुसन्धान विभागका निर्देशक डा. सुमन थापाले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले डा. सन्दुक रुईतको संयोजकत्वमा गरिरहेको उक्त अनुसन्धानमा कोरोना भाइरस र आँखाबीचको सम्बन्धको अध्ययन भइरहेको हो । अनुसन्धानले नेपाली कोरोना संक्रमितहरुको आँखामा कोरोना भाइरसको असर र आँखाबाट भाइरस संक्रमण सम्बन्धि अध्ययन गरिरहेको हो । नेपालमा यस किसिमको अनुसन्धान पहिलो पटक भइरहेको हो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष​” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ​।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब लगानी गर्न सफल भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।