नारायणी डेभलपमेन्ट बैंक हकप्रद र मर्जरको बाटोमा

0
Shares

नारायणी डेभलपमेन्ट बैंकले एक बराबर एक हकप्रद जारी गर्ने तथा अन्य बैंक वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयाका लागि आवश्यक कार्य अगाडि बढाउन तयार देखिएको छ ।

बैंकले सो प्रस्तावहरु पारित गराउन असोज १६ गते स्टार बैंङक्वेट रत्नगर चितवनमा दिउँसो १ बजे १८ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

समस्याग्रस्त संस्थाबाट केही समयअघि मात्रै राष्ट्र बैंकबाट फुकुवा भएको सो बैंकले अघिल्लो (१६ औं र १७ औं) साधारण सभाबाट पारित चुक्ता पूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँको १ बराबर १ हकप्रद जारी गरी १३ करोड १२ लाख ३३ हजार ८०० पुरर्याउने प्रस्तावलाई निरन्तरता दिने भएको छ ।

यसैगरी जिल्लास्तरीय विकास बैंकलाई राष्ट्र बैंकल तोकेको ५० करोड पूँजी पुरयाउन कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्नेगरी प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि साधारण सभामा रहेको छ ।

यसैगरी नारायणी र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ती हुने, रणनीतिक साझेदार, नयाँ लगानीकर्ता भित्र्याउने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था, साझेदार, लगानीकर्ताको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता, परामर्शदाता, लेखापरिक्षक नियुक्त गर्ने, र अन्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र नियमनकारी निकायबाट प्राप्त हुने निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने अधिकार सभाबाट सञ्चालक समितिमा प्रत्यायोजन गर्ने लगायतका एजेण्डा सभामा राखिएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गतेदेखि १६ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।