डिजिटल बैंकिङलाई प्राथमिकता दिएको राष्ट्र बैंक लघुवित्तप्रति भने कठोर

0
Shares

लघुवित्त वित्तीय संस्थाले इलेक्ट्रोनिक माध्यमबाट बैंकिङ सेवा प्रदान गर्न नपाउने भएका छन । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दे लघुवित्तले इ बैंकिङ सेवा प्रदान गर्न नपाउने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको गत वर्षको एकिकृत निर्देशनमा इलेक्ट्रोनिक माध्यमबाट हुने बैकिङ (ई–बैकिङ) सेवा सम्बन्धी व्यवस्था लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृति लिई इलेक्ट्रोनिक माध्यमबाट हुने बैंकिङ्ग सेवा सम्बन्धी कारोबार गर्न सक्ने व्यवस्था गरेको थियो । तर, यो वर्षको लघुवित्त वित्तीय संस्थाको एकिकृत निर्देशनमा सो व्यवस्था हटाएको हो ।

कोरोना भाइरसका कारण पछिल्लो समयमा इलेक्ट्रोनिक बैंकिङ कारोबारलाई प्राथमिकता दिइरहेको अवस्थामा लघुवित्तलाइ ई-कारोबार रोक लगाएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।