ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती खाता योजना

0
Shares

ग्लोबल आइएमई बैंक (GBIME) ले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ ।

‘मेरी उनीलाई’ मुद्दती योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता बाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पु¥याउने बैंकले जनाएको छ ।

एक लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ ।

यो मुद्दती योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ ।

बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकता अनुसार पटक पटक रकम थप गर्न पनि सकिने व्यवस्था छ ।

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाख भन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ ।

यस योजना अन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउनेछन् भने निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ ।

यो मुद्दती खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशी ल्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवामा अतिरिक्त सुविधाहरु प्रदान गर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।