एकै दिन तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौं । साताको पाचौँ दिन आज (बिहीबार) एकै दिन तोला १ हजार ३ सय रुपैयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको थियो । केही दिन अघि निरन्तर घट्दै गएको सुनको भाउ बुधबार २ सय रुपैयाँले बढेको थियो ।

त्यसैगरी सुन सँगै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३४.१४ अमेरिकी डलर र चाँदी ३३.६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ चैत्र २०८१, बिहिबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।